१२ बैशाख २०८१, बुधबार

शनिवार शनिदेवको पूजा कसरी गर्ने ?

प्रकाशित मिति :  18 September, 2021 7:48 am


काठमाडौं । शनिदेवलाई न्यायको देवता भनिन्छ । शनिले मानिसले गरेको कर्म अनुसार फल दिनु हुन्छ । त्यहिकारण मानिस शनिदेवलाई खुशी पार्न हरेक तरिकाले कोशिश गरिरहेका हुन्छन् । शनिदेवलाई प्रसन्न गर्नको लागि शनिवारको दिन पूजा गर्न उत्तम मानिन्छ ।

शनिवारको दिन विहान चाँडै उठेर स्नान गरेर सफा लुगा लगाउने । त्यसपछि घरमा वा नजिकैको मन्दिरमा शनिदेवको प्रतिमा अगाडि तोरीको तेलमा बत्ति बाल्ने । त्यसपछि शनिलाई तोरीको तेल पनि चढाउने । अनि शनिदेलाई फुल, धुप, दीप र प्रसादको मिठाई चढाउने । र शनिदेवको मन्त्रको जप गर्ने । यसपछि शनि चालिसको पाठ गर्ने ।

कहिल्यै पनि शनिदेवसँग आँखा मिलाएर उहाँको पूजा गर्नु हुँदैन । शनिदेवको पूजा गर्दा जहिले पनि शिर झुकाएर गर्नुपर्दछ । आँखा मिलाएर पूजा गर्यो भने जीवनमा अनिष्ट हुन्छ ।

शनिदेवको पूजा गर्दा पूर्व फर्केर पूजा गर्नु पर्दछ र शनिदेवको प्रतिमा पश्चिम दिशा तर्फ फर्काउनु पर्छ । अन्य दिशा फर्काएर पूजा गर्दा अशुभ मानिन्छ ।

तान्त्रिक मन्त्र ः ॐ शं शनैश्चराय नमः ।

शनि गायत्री मंत्र ः ॐ शनैश्चराय विदमहे छायापुत्राय धीमहि ।

शनि बीज मंत्र ः ॐ प्रां प्रीं प्रों सः शनैश्चराय नमः ।।

शनि स्तोत्र ः ॐ नीलांजन समाभासं रवि पुत्रं यमाग्रजम । छायामार्तंड संभूतं तं नमामि शनैश्चरम ।।



प्रतिक्रिया दिनुहोस !