१४ बैशाख २०८१, शुक्रबार

मलको दीर्घकालिन समाधान खोज्न खाद्यका लागि कृषि अभियानको ध्यानाकर्षण

प्रकाशित मिति :  19 September, 2021 6:34 pm


काठमाडौं । संविधानले कृषकका लागि कृषि सामग्री, कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था जस्ता सवैधानिक हकको उपेक्षा गरेको भन्दै खाद्यका लागि कृषि अभियानले ध्यानाकर्षण भएको जनाएको छ ।

सविधानको धारा ५१को (ङ) को किसानका अधिकारको व्यवस्थालाई लागु गर्न बनेको भू उपयोग ऐन र खाद्य आधिकार तथा संप्रभुता ऐन बनको भएता पनि यसको कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएको हो ।

आम किसानको खेतीपातीलाई नभई नहुने मल समेतको उचित बन्दोबस्त हुन नसकेकोमा दुख व्यक्त गरेको छ । अहिले सम्मका कुनै पनि सरकारले रसायनिक मलको बन्दोबस्त गर्न नसकेको उल्लेख गरेको छ ।

जैविक प्रकृयाको सङ्क्रमणकालीन बन्दोबस्त गर्न आवश्यक रहेको कुरा प्रति जिम्मेवार रहेको जनाएको छ । आम जनसमु्दायको तत्काल खानेकुराको बन्दोबस्त गर्ने र घरव्यवहारमा समेत अकल्पनीय प्रभाव पार्ने किसानका लागि समयमै मल नपाउने कुरा कुनै बहानामा क्षम्य हुने विज्ञप्तीमा उल्लेख छ ।

महत्वपुर्ण विषयमा समेत सम्बन्धित जिम्मेबार संस्था व्यक्तिले समयमै चासो नदिनु सरकारको निकम्मापन र अक्षमताको परकाष्ठा भएको जनाएको छ । खाद्यका लागि कृषि अभियानले सरकार र सरोकोरवालालाई मलको दीर्घकालिन समाधान खोज्न, रसायन र विषादिको दुष्परिणाम घटाउदै जान, माटोमा भएको जैविक तत्व र पोषण बढाउने तर्फ ख्याल गर्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !