७ बैशाख २०८१, शुक्रबार

दुधसँग के के खानेकुरा खानु हुँदैन ?

प्रकाशित मिति :  20 September, 2021 1:24 pm


काठमाडौं । दुध सेवन स्वास्थ्यको लागि राम्रो मानिन्छ । दुधको सेवनले शरीरमा क्यालसियम र प्रोटीनको कमी पुरा गर्दछ । दुधमा प्रोटीन मात्र नभई भिटामिन ए, बी१, बी२, डी, पोटासियम, म्याग्नेसियम जस्ता पोषक तत्व हुन्छ ।

मानिसले दुधलाई विभिन्न विभिन्न प्रकारका खानासँग खान रुचाउँछन् । तर आयुर्वेदका अनुसार स्वास्थ्यको लागि खतरनाक हुन्छ ।

दुधसँग के के खानेकुरा खान हुँदैन ः

करेला र भिन्डी
दुध पिइसकेपछि करेला र भिन्डीको सब्जी खानु हुँदैन । यसो गर्यो भने छाला सम्बन्धी समस्या हुन्छ ।

मुला र दुध
मुला खाइसकेपछि कहिल्यै पनि दुधको सेवन गर्न हुँदैन । यसले छाला सम्बन्धि समस्या हुन्छ ।

दुधसँग अमिलो फलफुल
दुधसँग कहिल्यै पनि अमिलो फल जस्तै ः सुन्तला, कागती, इमली, अमला जस्ता खानेकुुरा खानुहुँदैन । अमिलो फलमा धेरै मात्रामा भिटामीन सीसँगै साइट्रिक एसिड पाइन्छ । यसो गर्यो भने यी दुईको संयोजन हुन्छ र पाचन सम्बन्धी समस्या हुन्छ ।

दुध र नुन
आयुर्वेदका अनुसार दुधसँग नुनिलो चिज खायो भने छाला सम्बन्धी समस्या पर्दछ ।

दुध र मासु
दुधसँग मासु सेवन गर्यो भने एलर्जीको समस्या निम्तिन्छ । दुध र मासुमा धेरै प्रोटीन पाइन्छ जसका कारण पाचन क्रियामा समस्या पर्दछ ।

दुध र केरा
दुधसँग केरा खायो भने शरीरमा विषात्तता हुन सक्दछ । शरीर भारी भएको महसुस हुन्छ र दिमागले विस्तारै काम गर्न सक्दछ । यसकारण दुध पिएको आधा घण्टा पछि केरा खानु पर्दछ ।

दुध र चेरी
मानिस दुध र चेरीको मिक्स गरेर मिल्क सेक बनाएर खान्छन् । तर यो स्वास्थ्यको लागि खतरनाक हुन्छ । यसकारण दुध पिएको १–२ घण्टा पछि चेरीको सेवन गर्नु पर्दछ ।



प्रतिक्रिया दिनुहोस !