४ बैशाख २०८१, मंगलबार

चाणक्यका अनुसार कस्तो कुरा अरुलाई बताउनु हुँदैन ?

प्रकाशित मिति :  22 September, 2021 12:53 pm


काठमाडौं । आचार्य चाणक्यको विचारमा सच्चाईसँगै कठोर लाग्छ । हामीले जिन्दगीमा यि विचारको नजरअन्दाज गर्छौ तर यो जीवनमा यसले धेरै मद्दत पुर्याउँदछ । चाणक्यका अनुसार ४ कुरा कसैलाई पनि सुनाउनु हुँदैन । यदि तपाईको कुरा थाहा पाएपछि तपाईलाई उसले सताउन सक्दछ ।

घर झगडा ः घरमा भएको झगडा कसैलाई पनि जानकारी दिनु हुँदैन । यसकारण बताउनु हुँदैनकी तपाईको कुरा थाहा पाएपछि कमजोरी थाहा पाएर तपाई समस्या पार्न सक्दछ ।

परोपकार ः यदि सहायता गरिएको छ भने सुनाउनु हुँदैन । यदि प्रचार गरियो भने त्यो त्यो परोपकार हुँदैन ।

बेइज्जती ः यदि कसैले बेइज्जत गर्यो भने अरुलाई सुनाउनु हुँदैन । थाहा पाउनेले मजाक उडाउन सक्छ ।

पति पत्नीको कुराकानी ः विहे भएको मानिसले व्यतिगत कुराकानी कसैलाई पनि बताउनु हुँदैन । यदि कसैलाई सुनाएमा तपाईलाई समस्या पार्न सक्दछ ।

 



प्रतिक्रिया दिनुहोस !