१३ बैशाख २०८१, बिहिबार

नेपाल-कोरिया मैत्री अस्पतालमा बिमा मार्फत दिने सेवा बन्द

प्रकाशित मिति :  23 September, 2021 12:15 pm


काठमाडौं । भक्तपुरको नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालले बिमा मार्फत दिने सेवा बन्द गरेको छ । राष्ट्रिय बिमा बोर्डले रकम निकासा नगरेको भन्दै सेवा बन्द गरेको अस्पतालले विज्ञप्ती मार्फत जनाएको छ ।

राष्ट्रिय बिमा बोर्डलाई पटक पटक रकम निकासाको लागि अनुरोध गर्दा हालसम्म ९ करोड मात्र प्राप्त भएको अस्पतालले जनाएको छ । अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग २०७८ साउन १७ गते गरेको सझौता अनुसार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।

अर्को सूचना जारी नभएसम्म अस्पतालले असोज १ गतेदेखि स्वास्थ्य बिमा अन्र्तगत हुने सेवा बन्द गरेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !