४ जेष्ठ २०८१, शुक्रबार

नयाँ नोटको जतन कसरी गर्ने ?

प्रकाशित मिति :  23 September, 2021 2:00 pm


काठमाडौं । सरकारले वर्षेनी नेपालीहरुको महान् चाड दशैंको अवसरमा नयाँ नोट वितरण गर्दछ । यो वर्षपनि सरकारले असोज ४ गते बाट नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंकले यो वर्ष ३० देखि ३५ अर्ब रुपैँया नयाँ नोट सर्वसाधारणलागि सटहि गर्ने जनाएको छ ।

नयाँ नोट निष्काशन गरेपछि ध्यान नदिँदा नोटको आयु कम हुँदै गएको अवस्था छ । यस्तो अवस्थामा नोटको जतन गरि प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

नोटको जतन कसरी कसरी गर्ने

  • राष्ट्र बैंकका अनुसार नोटको जतन गर्न मनी ब्यागको प्रयोग गर्ने,
  • नोटमा केरमेट नगर्ने, मैलो पार्ने काम नगर्ने,
  • कारोबार सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्ने,
  • नोटमा टाँचा र स्टिच नलगाउने,
  • रङ्ग, पानी, दुध, रगत नोटमा नपार्ने बरु खामको प्रयोग गर्ने ।



प्रतिक्रिया दिनुहोस !