७ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा १,२३९ संक्रमित थपिए, १३ जनाको मृत्यु

प्रकाशित मिति :  23 September, 2021 4:53 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १,२३९ जना कोरोना संक्रमित थपिएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३,६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १,२३९ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोना भाइरसको संक्रमिको संख्या २० हजार ७ सय ४३ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १,३२४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ । जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १,३०६ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३४० जना आईसीयूमा उपचाररत छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएाका छन् ।



प्रतिक्रिया दिनुहोस !