७ बैशाख २०८१, शुक्रबार

सबै फोनका लागि युएसबी–सी चार्जर बनाउनै पर्ने कानुन ल्याउँदै युरोपियन युनियन

प्रकाशित मिति :  23 September, 2021 7:08 pm


काठमाडौं । युरोपियन युनियनले सबै फोन र साना इलेक्ट्रोनिक डिभाइसका लागि प्रयोग हुने चार्जर निर्माण गर्नै पर्ने गरी कानुन बनाउने भएकाे छ ।

उत्पादकहरूका लागि यस्तो चार्जर बनाउन बाध्यकारी बनाउने कानुनको उद्देश्य नयाँ डिभाइस किन्दा अर्को चार्जर किन्नुपर्ने बाध्यता हटाउन गरिएको हो । यसले फोहर कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

युरोपियन युनियनमा बिक्री हुने सबै स्मार्टफोनहरूमा प्रयोग हुने युएसबी–सी चार्जरहरू हुनैपर्ने बाध्यकारी कानुन बनाउन प्रस्ताव प्रस्तुत गरिएको हो ।

एप्पलले युरोपियन युनियनको यो कदमबाट नवपर्वतर्नलाई हानि पुग्ने चेतावनी दिएको छ । अधिकांश एन्ड्रोइड फोनमा युएसबी माइक्रो–बी चार्जिङ पोर्ट हुन्छ । ती सबै फोनहरू अब युएसबी–सी स्टयान्डर्डका बन्ने भएका छन् ।

सन्२०१८मा युरोपियन युनियनमा आधा मोबाइलका चार्जरहरू युएसबी माइक्रो–बी खालका थिए । २९प्रतिशत युएसबी–सी खालको थियो भने लाइटनिङ कनेटक्टर भएका २१ प्रतिशत रहेको सन् २०१९को अध्ययनबाट देखिएको थियो ।

यो चार्जरसम्बन्धी प्रस्ताव कानुनले स्मार्टफोन, ट्याब्लेट,क्यामरा, हेडफोन, पोर्टबल स्पिकर र हाते भिडियो गेम कन्सोलजस्ता डिभाइसलाई समेट्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !