१३ बैशाख २०८१, बिहिबार

आफ्ना गतिविधि विस्तार गर्न परिसंघमा दुई नयाँ समिति गठन

प्रकाशित मिति :  24 September, 2021 6:20 pm


काठमाडौं । नेपाल उद्योग परिसंघले पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन गरेको छ । परिसंघले आफ्ना गतिविधि विस्तार गर्न दुई नयाँ समिति गठन गरेको हो ।

परिसंघका राष्ट्रिय परिषद् सदस्य आशिष गर्ग पूर्वाधार समितिको सभापति रहेका छन् । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा समन्वयकारी उपाध्यक्ष रहेका छन् ।

समितिले नेपालमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकासँग मिलेर काम गर्ने जनाएको छ ।

यसैगरी, परिसंघले प्रदेश र जिल्लाहरूमा आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश एवं जिल्ला उद्योग परिसंघको भूमिका सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय परिषद् सदस्य लक्ष्मीप्रसाद सुवेदीको सभापतित्वमा प्रदेश एवं जिल्ला समन्वय समिति गठन गरेको हो ।

परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी समितिको समन्वयकारी उपाध्यक्ष रहेका छन् भने समितिको सहसभापितमा एजाज आलम रहेका छन् ।

समितिले प्रदेश एवं जिल्ला तहमा नीतिगत छलफल एवं अन्तरक्रिया गर्ने, प्रदेशहरूमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानुन तर्जुमा पहल गर्ने र परिसंघले अघि बढाएको मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाउने उद्देश्य समितिले राखेको छ ।



प्रतिक्रिया दिनुहोस !