१२ बैशाख २०८१, बुधबार

पछिल्लो २४ घण्टामा देशभर १,२८२ जना संक्रमित थपिए, ७ जनाको मृत्यु

प्रकाशित मिति :  27 September, 2021 5:30 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा १,२८२ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

१२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार २६२ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९२ हजार ३६७ पुगेको छ भने नेपाल मृत्यु हुनेको संख्या ११ हजार १०१ पुगेको छ भने ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ जना रहेका छन् । जसमध्ये १७ हजार ५३५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३१३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३८५ जना आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २५६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !