७ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा भत्ता बुझ्न ३ सय ६८ दिनको एक वर्ष मानियो !

प्रकाशित मिति :  28 September, 2021 11:53 am


सञ्जय पन्थी

काठमाडौं । एक वर्षमा ३ सय ६५ दिनको वर्षदिन हुन्छ । तर कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले हुने गरेको भएपनि जनप्रतिनिधि र कर्मचारीलाई भत्ता वितरण गर्न ३ सय ६८ दिनको वर्ष मानेर अनियमितता गरेको छ ।

महालेखाको ५८ औं प्रतिवेदनका अनुसार जनप्रतिनिधि र कर्मचारीलाई विभिन्न शिर्षकमा आफूखुशी भत्ता वितरण गरिएको   छ ।

गाउँपालिकाले विषयगत रुपमा सञ्चालन हुने कार्यक्रममा बैठक भत्ता,भ्रमण भत्ता, तालिम गोष्ठीमा केन्द्रित रही वितरणमुखी बनेर आर्थिक सुशासनलाई पालिकाले उल्लंघन गरेको प्रतिवेदनमा उल्लेख छ ।

नाफामुलक गैर सरकारी संस्थालाई समेत वेप्रवाह रकम भुक्तानी गरेको छ । मान सरोवर कम्प्युटर इन्सिच्युटले कृषक समूहलाई कृषक तालिम गराएर १ लाख ९९ हजार बुझेको छ ।

त्यसैगरी डाइनामिक समाजिक विकास संस्थालाई मिडिया प्रर्वद्धन कार्यक्रम संचालन गर्न ०७६ पुस १६ मा ३४१ नम्बरको भौचरबाट ५० हजार* रुपैयाँ उपलब्ध गराइएको छ । मिडियामा काम नै नगर्ने संस्थालाई प्रमुख निशार अहमदले मिडियाका नाममा रकम भुक्तानी गरेका हुन् ।

त्यसैगरी स्माइल् फाउण्डेशन नाम गरेको संस्थालाई एकै आवमा १३ वटा छुट्टा छुट्टै शिर्षकमा पालिकाले करिब २० लाख रुपैयाँ उपलब्ध गराएको छ । तर पालिकाले मिडिया प्रवद्र्धनका नाममा पत्रकारहरूले संचालन गरेको मिडियाका लागि १ लाख ३० हजार ५ सय रुपैयाँ उपलब्ध गराएको छ ।

पालिकाको संचित कोषमा अघिल्लो आवको बाँकी, यस वर्ष प्राप्त र खर्च भएको रकम स्पष्ट देखिने गरी हिसाब राख्ने र जिम्मेवारी एकिन गर्नु पर्दछ तर गाउँपालिकाले लेखा परिक्षण प्रतिवेदन अनुसार गत वर्षको अन्त्यमा पालिकाको रु. १०२५५२८२९ दशमलव ४९ पैसा रहेकोमा यो वर्षको शुरुमा रु १०३९८७०६५ दशमलव ११ पैसा स्थान्तरण गरेको विवरण महालेखाको ५८ औं प्रतिवेदनमा उल्लेख छ ।

पालिकाले महालेखा परिक्षकबाट स्वीकृत भएको ढाँचामा आर्थिक विवरण राख्नुपर्ने भएपनि सो बमोजिम मासिक रुपमा श्रेष्ता र बैंकको खाता हिसाब मिलान विवरण तयार गर्नु पर्नेमा स्थानीय तहले संचालन गरेको खाताको बैंक हिसाब (चालु खर्च खाता, पुँजीगत खर्च खाता र प्रकोप व्यवस्थापन खाता) मिलान गर्दा बैंक खाता अनुसारको पालिकाको र्खचमा ६ करोड ९२ लाख ९० हजार ५ सय ४७ रुपैयाँ फरक देखिएको छ ।

उक्त रकम बराबरको चेक साट्न बाँकी रहेको पालिकाले देखाएको छ । उक्त हिसाव आफैमा अविश्वसनिय देखिन्छ ।

पालिकामा उपभोक्ता समिति अन्र्तगत समपन्न गर्नुपर्ने योजनाहरू उपभोक्ता समितिका नाममा जनप्रतिनिधिसँगको मिलोमतोमा प्राविधिक र प्रशासकिय अधिकृतले ठेकदारलाई दिलाएको समेत प्रतिवेदनमा खुलेको छ । पालिकाले आर्थिक वर्षको अन्तिम महिनामा मात्र १२ करोड ५८ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

सच्याइएकाे

 



प्रतिक्रिया दिनुहोस !