२१ बैशाख २०८१, शुक्रबार

दश लाख डलर तिरेर राज खानदान त्याग्दै साधारण वैवाहिक जीवन रोजेकी जापानी राजकुमारी माको

प्रकाशित मिति :  28 September, 2021 2:57 pm


प्रिती सुनुवार- 

काठमाडौं । राज खानदानको सुख सुविधा त्यागेर सर्वसाधारणसँग विवाह गर्ने निर्णय गरेकी जापानी राजकुमारी माकोले महङ्गोे मुल्य चुकाउनु परेको छ ।

उनले आफ्नो शाही हैसियत त्यागेकोमा १० लाख डलर जरिवाना तिर्नु परेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

राजकुमारी माको कलेजका सहपाठीसँग विवाह गर्न आफ्नो शाही हैसियत त्याग्न तयार रहेकी हुन् । तत्कालीन सम्राट अकिहितोकी २९ वर्षीया नातिनी माकोले उनको पूर्व कलेज सहपाठी केई कोमुरोले २०१७ मा आफ्नो इंगेजमेन्ट घोषणा गरेका थिए ।

शताब्दी पुरानो जापानी कानून अनुुसार एक राज खान्दानको सदस्यले आम नागरिकबीच बिवाह गर्नका लागि आफ्नो शाही दर्जा छोड्नु पर्ने हुन्छ ।

यही नियम अनुसार राजकुमारीले सो मुल्य तिर्नु परेको हो । मुल्य तिरेपछि सरकार बिवाहका लागि मन्जुरी भएको जनाइएको छ ।

बिवाहको मिति भने अक्टोबरमा तोकिने भएको छ । बिवाहपश्चात जोडी अमेरिकामा बसोवास गर्ने जनाइएको छ ।

(एजेन्सीकाे सहयाेगमा)



प्रतिक्रिया दिनुहोस !