८ बैशाख २०८१, शनिबार

पछिल्लो २४ घण्टामा १,१५७ जना संक्रमित थपिए, ८ जनाको मृत्यु

प्रकाशित मिति :  29 September, 2021 5:05 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११५७ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ । हाल कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १,३१५ जना संस्थागत आइसोलेनमा छन् । जसमा ३५४ जना आईसीयूमा र ९९ जना भेन्टिलेटरमा छन् भने १६ हजार ८७८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ३३५ जना, भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौंमा २६५ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !