१४ बैशाख २०८१, शुक्रबार

सूचना प्रविधिमा आधारित डिजी स्कुल

प्रकाशित मिति :  30 September, 2021 12:40 pm


काठमाडौं । डिजी स्कुल ग्लोबलले सञ्चालन गरेको अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त बालबालिकाको उमेरअनुसार विभिन्न तहको शिक्षाअन्तर्गत एनसीसी यूके आईटी कोर्स पूरा गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजु बानियाँ विकसित मुलुकहरूमा प्राथमिक स्कूलबाटै बच्चाहरूले कोडिङ, ग्राफिक्स, भिडियो सम्पादन सिकिरहेका सन्दर्भ उल्लेख गर्दै नेपाली बालबालिकाहरू पनि विश्व बजारमा प्रतिस्पर्धी होउन भनेर डिजी स्कूलले यो कोर्ष सञ्चालन गरिरहेको जानकारी दिए ।

यो कोर्ष सीपमुखी भएकाले विद्यार्थीले विद्यालय तहमै वेबसाइटर मोबाइल एप बनाउन सक्षम हुने, आइटी अध्ययन गर्नेहरू स्वरोजगार बन्ने र घरबाटै देश-विदेशको विभिन्न काम गर्न सक्ने उनको भनाइ थियो । ।

बेलायत सरकार मातहत दर्ता भइ विद्यालय र उच्च शिक्षा सम्बन्धि पाठ्यक्रम निर्माण गर्ने एनसीसी यूके एजुकेसनले विद्यालय तहको लागि तयार गरेको कम्प्युटर कोर्स ‘डिजी प्रोग्राम’लाई नेपालमा डिजी स्कुल नाम दिइएको उनले जानकारी दिए ।

नेपालमा डिजी स्कुललाई विगत लामो समयदेखि आइटी र व्यवस्थापनमा अध्ययन गराउँदै आएका सफ्ट्‌वेरिका कलेज अफ आइटी एन्ड इ-कमर्स र सनवे कलेज जस्ता प्रतिष्ठित कलेजहरू सञ्चालन गर्दै आएको सफ्टेड ग्रुपले सञ्चालनमा ल्याएको हो । डिजी स्कुलले ‘स्कुल पार्टर्नरसीप र ‘लाइभ क्लास’मार्फत एनसीसी यूके आइटी कोर्ष कम्पनीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !