१३ बैशाख २०८१, बिहिबार

मिस्टर एन्ड मिस गेट–२०२१ सम्पन्न

प्रकाशित मिति :  3 October, 2021 5:44 pm


काठमाडौं । ग्लोबल कलेज अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले मिस्टर एन्ड मिस गेट–२०२१ सम्पन्न गरेको छ । काठमाडौं मण्डिखाटारमा रहेको होटल व्यवस्थापनमा अध्ययनरत छात्रछात्राको प्रतिभा प्रस्फुटन र प्रोत्साहनको लागि प्रतियोगिता आयोजना गरेको कलेजले जनाएको छ ।

विश्वव्यापी कोभिड–१९ महामारीपछि होटल व्यवस्थापन तथा आतिथ्य सत्कारका विद्यार्थीहरूले महामारीबाट सिकेको पाठसँग जुझ्दै सामान्य जीवनमा फर्कन अभ्यस्त गराउने उद्देश्यसहित प्रतियोगिता गरेको कलेजले जानकारी दिएको छ ।

“हामी सँधै महामारी भनेर पनि बसेर हुँदैन । महामारीले हामीलाई धेरै कुरा सिकाएको छ, अब हामी महामारीसँग अभ्यस्त हुँदै त्यससँग जुझ्दै पुनः सामान्य जीवनमा फर्कनु पर्नेछ, जसलाई न्यू नर्मल भनिएको छ,” गेट कलेजका संस्थापक÷ प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले भने,“महामारीले हामीलाई सिकाएको सबैभन्दा ठूलो कुरा स्वास्थ्य र सरसफाइको कुरा हो, जुन पर्यटन उद्योगका लागि सबैभन्दा अपरिहार्य नै हो ।”

कोभिड–१९ महामारीले नेपालसहित विश्वकै पर्यटन उद्योगमा नराम्रोसँग प्रहार गरेको बताए । उनले नेपाली पर्यटन क्षेत्रको मौलिक विशेषतालाई अब स्वास्थ्य र सरसफाइसँग जोडेर लगे यसले छिट्टै पुनर्जीवन पाउने धारणा व्यक्त गरे ।

प्रतियोगितामा विशाल विष्टले मिस्टर गेट–२०२१ र खुस्बु गिरीले मिस गेट–२०२१ को उपाधि जिते भने जिया शाहीले गेट पर्सनालिटीसहित सोसल मिडिया पर्सनालिटी र विधान थापाले गेट ट्यालेन्ट उपाधि जितेका छन् ।



प्रतिक्रिया दिनुहोस !