१३ बैशाख २०८१, बिहिबार

क्रिप्टोकरेन्सीमा बगका कारण प्रयोगकर्ताले पाए ९ करोड डलर 

प्रकाशित मिति :  5 October, 2021 2:56 pm


काठमाडौं । क्रिप्टोकरेन्सीमा बगका कारण प्रयोगकर्ताले ९ करोड डलर पाएका छन् । यो समस्या क्रिप्टोकरेन्सी प्लाटफर्मको लागि एउटा नराम्रो सपना समान भएको छ ।
क्रिप्टोकरेन्सीले पारम्परिक वित्त प्रणालीलाई खतम गर्छ भनेर हेरिएको छ ।

डिसेन्ट्रलाइज फाइनान्स प्लाटफर्ममा बैंक वा अन्य बिचौलिया हुँदैनन् । कम्पाउण्ड भन्ने क्रिप्टोकरेन्सीमा यो समस्या देखिएको हो । यो प्राय “कोड इज ल” को उपयोग गरेर कम्प्युटर कोड सिस्टमलाई नियन्त्रित गर्दछ । तर आलोचकका अनुसार जब कोडमा गल्ती हुन्छ तब प्रयोगकर्तालाई समस्या पर्दछ ।

क्रिप्टो प्रोजेक्टको आलोचना गर्ने अमेरिकन्स फर फाइनान्सियल रिफर्मका वरिष्ठ नीति विश्लेषक यन्ड्रयु पार्कका अनुसार यस बैंकिङ प्रणालीको आलोचना गर्ने कारण भएको बताएका छन् । तर यस्तो तरिकाको चिज हुन रोक्ने थुपै्र सुरक्षा उपाय भएको उनले भनेका छन् ।

म सँग मेरो कम्पाउण्डमा मेरो पैसा छ मलाई त्यस सिस्टममा कति विश्वास हुन्छ ? कम्पाउण्डमा भएको गल्ती ताजा परिस्थितीमा हाई प्रोफाइल गल्ती हो । अगस्टमा ह्याकरले लगभग ६०० मिलियन डलर मुल्यको टोकन लिनको लागि एक अन्य डेफी प्रोजेक्टको कमजोरीको फाइदा उठाएको थियो । तर पछि ह्याकरले फिर्ता गरेको थियो ।

कम्पाउण्डमा यो समस्या बुधबार सुरु भएको थियो । जब प्रयोगकर्ताले कम्पाउण्डको प्लाटफर्मको अपडेटको लागि मञ्जुरी दिएको थियो जसमा बग थियो । सिओएमपी भन्ने एकप्रकारको टोकन हो जसको मुल्य मंगलबार ३११ डलर प्रति कोइन रहेको छ । क्रिप्टोकरेन्सी फिर्ता लिनको लागि कम्पनीका सिईओ बिन्ती गरिराखेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !