३ जेष्ठ २०८१, बिहिबार

‘रामायण’मा ‘रावण’ भूमिका निभाएका त्रिवेदीको निधन

प्रकाशित मिति :  6 October, 2021 2:35 pm


काठमाडौं । हिन्दी धारावािहक ‘रामायण’मा ‘रावण’को भुमिका निभाएर चर्चित बनेका अरविन्द त्रिवेदीको निधन भएको छ । उनको मंगलबार राती ८३ वर्षको उमेरमा निधन भएको हो ।

भारत मध्य प्रदेशको उज्जैन शहरमा जन्मिएका त्रिवेदीको करियर गुजराती थिएटरबाट सुरु भएको थियो । त्रिवेदीले हिन्दी र गुजराती गरेर ३०० भन्दाबढी फिल्ममा अभिनय गरेका छन् ।

त्रिवेदी १९९१ देखि १९९६ सम्म भारतीय जनता पार्टीको सदस्यको रुपमा सासंद चुनिएका थिए ।



प्रतिक्रिया दिनुहोस !