१३ बैशाख २०८१, बिहिबार

पछिल्लो २४ घण्टामा देशभर ७६४ जना संक्रमित थपिए, १० जनाको मृत्यु

प्रकाशित मिति :  8 October, 2021 5:20 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकोे जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३३ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ भने ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ३१३ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४१ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा २२९, मोरङमा ७२, ललितपुरमा ६८, रुपन्देहीमा ६७, सुनसरीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ३२, भक्तपुरमा २५, काभ्रेपलाञ्चोकमा २०, झापामा १५, बाँकेमा १३ र बर्दियामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !