१५ चैत्र २०८०, बिहिबार

प्रदेश १ मा दुग्ध ढुवानीमा प्रयोग हुने लोगो वितरण

प्रकाशित मिति :  9 October, 2021 8:17 am


काठमाडौं । दूध तथा दुग्ध पदार्थ ढुवानीका साधनमा प्रयोग हुने प्रतिक चिन्ह (लोगो) उपत्यका बाहिर पनि वितरण थालिएको छ । प्रदेश १ को बिराटनगरस्थित दुग्ध विकास संस्थान (डिडिसी) को सभाहलमा एक कार्यक्रमको आयोजना गरी शुक्रबार वितरण शुरु गरिएको हो ।

प्रदेश १ का २९ वटा गाडिलाई लोगो वितरण गरिएको हो । राष्ट्रिय दुग्ध विकास वोर्डद्वारा आयोजित चिन्ह ९ लोगो० प्रचारप्रसारका लागि अन्तरक्रिया र लोगो वितरण कार्यक्रम प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. रामानन्द तिवारीको प्रमुख आतिथ्यता तथा राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश नं १ ट्राफिक कार्यालयका डिएसपी सुमन तिमल्सिना, डेरी उद्योग सघका अध्यक्ष राजकुमार दाहाल, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष राजन चिमोरिया, महासचिव प्रल्हाद दाहाल, प्रदेश नं का अध्यक्ष हेमचन्द्र खनाल, डिडिसिका बजार महाशाखा प्रमुख सन्जिव झा, डिडिसी बिराटनगर आयोजना प्रमुख गणेश यादवलगायत विभिन्न दुग्ध उद्योगका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

लोगो पाउनेहरुमा डिडिसी बिराटनगर आयोजना, विराटनगर, कामधेनु दुग्ध विकास सहकारी संस्था, तरहरा, एन। एम। सि। डेरी उद्योग , झापा, शिवम डेरी उद्योग, सप्तरी, शिवम् डेरी उद्योग, बिराटनगर, पूवी नेपाल डेरी उयोग, झापा लगायत छन् ।

कार्यक्रममा बोल्दै उद्योगी तथा एन। एम। सि। डेरीका नारायण बहादुर बस्नेतले सबै डेरीलाई लोगो उपलब्ध गराउन अनुरोध गरे । नेपाल डेरी एसोसिएसनका प्रदेश नं १ का अध्यक्ष हेमचन्द्र खनालले पनि बोर्डलाई प्रचारप्रसार बढाउन अनुरोध गरे ।

एसोसिएसनका महासचिव प्रल्हाद दाहलले लोगोको महत्त्व बारे प्रकाश पार्दै सबै डेरी उद्योगका गाडीहरूमा अनिवार्य लोगो प्रयोग गर्न अनुरोध गर्दै लोगो प्रयोगमा ल्याउन बोर्डले खेलेको भुमिकाको प्रशंसा गरे ।

ट्राफिक कार्यालय प्रदेश नं १ का डिएसपी सुमन तिमल्सिनाले यसरी दुध ढुवानी सवारी साधनमा लोगो प्रयोग गर्ने काम सार्है राम्रो भएको र यसमा अझ प्रहरीलाई समितिमै राखेर लान सके झन् प्रभावकारी हुने कुरा बताए ।

मन्त्रालयका सचिव तिवारीले लोगो लगाउँदा ढुवानीमा सहजता हुनुको साथै गुणस्तरमा पनि सुधार हुने कुरामा विश्वास रहेको बताउँदै अब मन्त्रालयले पनि यो कुरामा सरोकारवालाहरुलाई थप सजक बनाउने प्रतिवद्धता व्यक्त गरे ।

बोर्डका कार्यकारी निर्देशक यादवले लोगो बोर्डको मात्र नभएर सबै सरोकारवालाहरुको सफलता भएको चर्चा गर्दै यसको व्यापकतामा सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस !