२० बैशाख २०८१, बिहिबार

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

प्रकाशित मिति :  24 October, 2021 3:40 pm


काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर कारोबार मापक नेप्से परिसूचक २७.५१ अंकले बढेर २५८४.५२ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ७.२४ अंकले बढेर ४९०.६८ पुगेको छ ।

नेप्सेका अनुसार १३ उपसमुह मध्ये १ ओटा उपसमुहको शेयर अर्थात व्यापारको घटेको छ भने १२ उपसमुहको सेयर बढेको छ ।

कुल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !