२३ बैशाख २०८१, आइतबार

साथीको हत्यामा संलग्न फरार अभियुक्त दुई वर्षपछि पक्राउ

प्रकाशित मिति :  27 October, 2021 4:53 pm


काठमाडाैं । आफ्नै साथीको हत्या गरि फरार रहेका मकवानपुरगढी गाउपालिका वडा नं. १ स्थायी घर भएका अभियुक्त जय सिँगार दुई वर्षपछि पक्राउ परेका छन् । सिँगारलाई ललितपुरको च्यासलबाट पक्राउ गरिएको महानगरिय अपराध मशाखाले जनाएको छ ।

उदयपुरको कटारी नगरपालीका घर भई ललितपुरको बालकुमारी बस्दै आएका मूर्तीको काम गर्ने हरी खड्कालाई सिँगारसहितको समूहले कुटपीट गरि हत्या गरेको घटनामा संलग्नमाथि अनुसन्धान गर्ने क्रममा बुधबार पक्राउ गरिएको हो । यसअघि पाँच जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मिति २०७६ साउन २८ गते लतितपुर महानगरपालिका वडा नं. ९ गुहेपोखरीमा मृत फेला परेका खड्कालाई २०७६ साउन २५ गते बेलुका कुटपिट गरि हत्या गरिएको अभियोगमा पक्राउ परेका सिँगारलाई महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !