१७ बैशाख २०८१, सोमबार

लुम्बिनी प्रदेशले अनुदान ऐन बनाएर अनुदान वितरण गर्ने

प्रकाशित मिति :  31 October, 2021 4:50 pm


काठमाडौं । लुम्बिनी प्रदेशका वरिष्ठ कृषि विकास अधिकृत अमर शर्मा घिमिरले अनुदान ऐन बनाएर अनुदान वितरण गर्ने बताएका छन् ।

आइतबार भएको लुम्बिनी खाद्य सुरक्षाको कार्यक्रममा घिमिरेले अहिले सार्वजनिक ऐन अन्र्तगत अनुदान बाँढिरहेको र त्यो प्रभावकारी नभएका कारण गत वर्षदेखिनै अनुदान ऐन बनाउन लागिरहेको बताए ।

उनले ५० घरधुरीलाई समेटेर स्मार्ट कृषि कार्यक्रम सुरु गर्ने बताएका छन् । घिमिरेले कृषिमा सबैलाई समेट्नको लागि दुई ओटा मोडल बनाएर अघि बढ्नु पर्ने बताए ।

उनले भने, “उत्पादनको वृद्धि गर्न व्यवसायिक कृषको लागि र साना तथा सिमान्तकृतको लागि पनि समेट्नु पर्ने भएकोले दुईओटा मोडल बनाएर अगाडि बढ्न सोच्न पर्छ ।”

उनले लुम्बिनी प्रदेशमा भुमिहिनलाई समेत समेटर च्याउ खेतीमा ठुलो संरचना बनाएर च्याउ ग्राम स्थापना गर्न यो वर्ष निर्णय भएको उनले भने ।

“कुनै व्यवसायीले रोजगारी दिएको छ भने सामाजिक सुरक्षा दिने कार्यक्रम मन्त्रालयले सञ्चालन गरेको छ” उनले भने, “ खेती गर्न चाहने कृषकलाई १, २ दिने तालिममा समावेश गारिराखेको र माग भएर आए अनुसार लामो अवधिको ६ दिने तालिम कार्यक्रम पनि सञ्चालन गरिराखेको छ ।”

कार्यक्रममा एसएसडिसीका प्रतिनिधी पोम पौडेलले नटुवा जाती र उनीहरुको खाद्य सवालको बारेमा बताएका थिए । नटुवा जाती घुमन्ते जाती रहेको र आप्mनो जग्गा नभएकोले सार्वजनिक जग्गामा बस्ने गरेको उनले भने ।

नटुवा जाती सर्प देखाउँदै माग्ने, जुठो भात मागेर खाने गरेको उनले बताए । उनले भने, “नटुवा जातीको नागरिकता छैन, मागेर खाने जाती हो । उनीहरुलाई माग्न जाँदा नदिने, गाली गर्ने र कुटपिट समेत गर्ने गरेको पाइएको छ” ।

माग्न सजिलो हुन्छ भनेर उनीहरुले धेरै सन्तान जन्माउने गरेको बताए । “एकै जनाको ९, १० ओटा सन्तान छन् यसकारण अधिकांश महिला बालबालिका कुपोषणको शिकार भएका,” उनले भने ।

आईआरडिसीका प्रतिनिधि प्रदिप साहले सिमान्तकृतहरु बढ्दो जोखिममा रहेको बताए । सिमान्तकृतहरुको आप्mनो जग्गा नभएको र भएपनि थोरै भएकोले अधिकांश युवा ज्याला मजदुरीको लागि भारतिय सिमावर्ती क्षेत्र जाने गरेको उनले भने ।

उनले कृषि तथा पशुपालनको क्षेत्रमा संलग्न हुन चाहने युवा तथा अन्य उद्यमीहरुको लागि सहज वातावराण बनाउनु पर्ने र कृषि बीमाको कार्यान्वयन पनि हुनु पर्ने बताए ।

मुक्त कमलरी विकास मञ्चको संस्थापक अध्यक्ष मञ्जीता चौधरीले थारु समुदायको मुख्य पेशामा अहिले प्रकृतिले विनाश गरिराखेको बताइन् । थारुहरुले मालिकको जग्गामा अँधिया खेती गरिराखेको अरुको जग्गामा खेती गरिराखेको त्यसलाईनै प्रकृतिले विनास गरेको कारण ३ ४ महिनाको लागि मात्र खान पुग्ने अवस्था रहेको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस !