२१ बैशाख २०८१, शुक्रबार

दाङको देउखुरीमा दुर्घटना हुँदा युवकको मृत्यु

प्रकाशित मिति :  2 November, 2021 1:32 pm


काठमाडौं । दाङ देउखुरीको महदेवा(सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सोमबार राति रा १ प ६३४५ नम्बरको मोटरसाइकल पल्टिंदा गढवा गाउँपालिका(२ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !