१७ बैशाख २०८१, सोमबार

महिला आयोगकी अध्यक्षद्धारा रोल्पाको लैङ्गिक हिंसाबारे स्थलगत अनुगमन

प्रकाशित मिति :  10 November, 2021 8:52 am


उमा केसी-

रोल्पा । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले रोल्पामा महिला हिंसाको अवस्था बारे स्थलगत अनुगमन गरेकी छिन् ।
पूर्वी रोल्पाको लुंग्री गाउँपालिकाको किलाचौर र सुनिलस्मृती गाउँपालिकाको सुलिचौर क्षेत्रमा महिला हिंसाको अवस्था बारे स्थलगत अनुगमन गरिएको हो ।

अध्यक्ष पराजुलीले गाउँपालिकामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र सर्वसाधारणसँग छलफल गरेकी हुन् । गाउँपालिका भित्र महिला हिंसाको अवस्था, रोकथामका लागि गाउँपालिकाले गरेको प्रयास लगायतका विषयमा छलफल गरिएको हो ।

स्थानीय महिलाहरुले गाउँपालिकाले महिला हिंसा न्यूनिकरण, महिला सशक्तीकरण लगायतका कार्यक्रम सञ्चालन गरेको बताएका थिए ।
लुंग्री गाउँपालिका वडा नं.२ की स्वावलम्वन स्वास्थ्य समूहकी अध्यक्ष हरिमाया योगीले मदिरा सेवन र मोबाइलको प्रयोगले वालविवाह, वहुविवाह र महिला हिंसा बढेको बताइन् ।

प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा आयोजित अन्तरक्रिया कार्यक्रममा महिला हिंसा तथा ओसिएमसीको बारेमा छलफल गरिएको थियो । स्वास्थ्य केन्द्र्रमा सुरक्षित गर्भपतनका साथै सुरक्षित प्रसुती सेवा प्रभावकारी ढंगले अघि बढेको मोतिम आलमले जानकारी गराइन्।

हिंसा पीडित महिलाहरुका लागि जिल्ला अस्पतालमा सञ्चालित ओसिएमसीको बारेमा स्वास्थ्यकर्मीहरु नै अनविज्ञ रहेको बताएका थिए ।

हिंसा पीडित महिलाहरुको अल्पकालीन आश्रय, स्वास्थ्य उपचार र कानुनी उपचारको एकीकृत सेवाका लागि जिल्लामा स्थापना भएको ओसिएमसीको बारे व्यापक प्रचार गरी त्यसको लाभ हिंसा पीडित महिलाहरुले लिनुपर्ने आयोगका अध्यक्ष पराजुलीका बताइन् ।

नेपालमा राष्ट्रिय महिला आयोग बाट प्रदान गरिने सेवा, संविधानले गरेको महिला प्रतिनिधित्वको अवस्थाको वारेमा समेत जानकारी गराइन् । अनुगमनमा अन्तरपार्टी महिला संजालका केन्द्रीय महासचिव ममता गिरी, केन्द्रीय सदस्य कमला पन्त लगायतको पनि सहभागिता रहेको थियो ।

टोलीले जिल्लाका अन्य स्थानीय तहका न्यायीक समितिको काम तथा त्यसको प्रभावकारीताको बारेमा पनि छलफल गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !