१७ बैशाख २०८१, सोमबार

चीनमा फैलिँदै भारतमा पहिचान गरिएको डेल्टा भेरियन्ट, भाइरस रोक्न निषेधाज्ञा जारी

प्रकाशित मिति :  15 November, 2021 2:09 pm


काठमाडौं । चीनमा कोरोनाको संक्रमण शुन्यतर्फ रहिरहेका बेला भारतमा पहिले पहिचान गरिएको कोभिडको डेल्टा भेरियन्टको सबै भन्दा ठूलो उत्पात मचाउन थालेकाे छ । चीनको उत्तरपूर्वी क्षेत्रको विश्वविद्यालय शहरमा डेल्टा उत्पात रोक्न निषेधाज्ञा लगाइएको हो।

दश हजार बढी विद्यार्थीहरूलाई क्वारन्टिन गरिएको छ । उत्तरपूर्वी चीनको सामुद्रिक किनारमा रहेको लिआओनिङ प्रान्तको डलिआन शहरको प्रशासनले विश्वविद्यालयको शहर झुआङगेमा कोभिडसम्बन्धी निषेधाज्ञा जारी गरेको छ।

दालिआनमा २३० भन्दा बढी कोरोना संक्रमण रेकर्ड गरिएका छन् । यो शहरमा ७४ लाख ५० हजार मानिसको बासोबास रहेको छ । नोभेम्बर ४देखि कोभिडको यो संख्या वृद्धि भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

चीनले कोभिड संक्रमण शून्य पार्ने रणनीतिलाई अगाडि बढाइरहेको छ । यसका लागि चीनले सडक बन्द गरी आमरूपमा परीक्षण अभियान सञ्चालन गरिरहेको छ । कोभिडको सर्वाधिक द्रुतगतिमा सर्ने भेरियन्ट डेल्टाको उत्पात देखियो।

चिनियाँ मिडियाका अनुसार फ्रिजमा राखिएको भोजन सामग्रीले विद्यार्थीमा डेल्टा भेरियन्टको उत्पात बढेको हो । दालिआनका देखिएको कोरोनाभाइरस अन्यत्र नसरेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका रोग नियन्त्र तथा रोकथाम उपनिर्देशक उ लिआङयुले जनाए।



प्रतिक्रिया दिनुहोस !