१७ बैशाख २०८१, सोमबार

विश्वको कुल सम्पत्तिमा चीनको हिस्सा अमेरिकाको भन्दा बढी

प्रकाशित मिति :  16 November, 2021 2:40 pm


काठमाडौं । विश्वको कुल सम्पत्तिमा चीनको हिस्सा अमेरिकाको भन्दा बढी भएको छ ।

म्याकिन्से एन्ड कम्पनीले गरेको अध्ययन प्रतिवेदनमा विश्वको कुल सम्पत्तिमा चीनको हिस्सा सबै भन्दा ठूलाे रहेको उल्लेख छ ।

विगत दुई दशकमा चीनको यो हिस्सेदारी द्रुतगतिमा बढेको परामर्श दिने कम्पनीको भनाइलाई उदृत गर्दै ब्लुम्बर्गले जनाएको छ ।

दुई दशकमा चीनको यो सम्पत्तिको हिस्सा १७ गुनाले बढेको छ । सन् २००० मा ७० खर्ब अमेरिकी डलर (७ ट्रिलियन अमेरिकी डलर)बराबर रहेको थियो । यो सम्पत्ति सन् २०२०मा बढेर १२० ट्रिलियन पुगेकाे छ ।

ठूला दशको सूचीमा अमेरिकाको हिस्सा ९० ट्रिलिअन रहेको छ । सन् २०२०मा विश्वको सम्पत्ति ५१४ ट्रिलिअन अमेरिकी डलर बराबर पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !