२४ बैशाख २०८१, सोमबार

दुई महिनाकाे तुलनामा निर्यात ६ प्रतिशतले घट्यो

प्रकाशित मिति :  16 November, 2021 4:30 pm


काठमाडौं । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका प्रमुख झलकमा देखिने सूचनाहरूमा मुद्रास्फीति बढेको र विदेशी विनिमय सञ्चिति घटेको देखिएको विषयमा ध्यानदिनुपर्ने औंल्याइएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार यस अविधिमा मुद्रास्फीति ४.२४ रहेको देखिन्छ । पछिल्लाे दुई महिनाको तथ्यांक आधारमा हेर्दा भने उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रा स्फीति भने ३.४९ प्रतिशत रहेको थियो ।

दुई महिनाको तथ्यांक अनुसार आयात वृद्धि ७५.९ प्रतिशत र निर्यात ११५.४ प्रतिशतले बढेको देखिन्छ । तीन महिनाको तथ्यांक अनुसार आयात वृद्धि ६३.७ प्रतिशतले बढेको छ भने निर्यात १०९.५ प्रतिशतले बढेको छ । निर्यात प्रतिशत करिब ६ प्रतिशतले घटेको छ ।

असोज समेत तीन महिनाको तथ्यांकको आधारमा मुद्रा स्फीति ४.२४ प्रतिशतमा बढेर गएको छ । त्यसैगरी कुल विदेशी विनिमय सञ्चिति १० अर्ब ९८ करोड अमेरिकी डलर रहेको छ । यो दुई महिनाको तथ्यांकको आधारमा घटेर गएको छ । यसअघि यो ११ अर्ब १४ करोड अमेरिकी डलर बराबर रहेको छ ।

यी दुई सूचकाङ्कमा ध्यान दिनुपर्ने आवश्यकता रहेको छ । यसअघि आयात निर्यात प्रतिशत वृद्धिमा आयात निर्यात वृद्धि दुवै घटेको देखिएको छ ।

विप्रेषण आप्रवाह तीन महिनाको तथ्यांक अनुसार नेपाली रुपैयामा ७.६ प्रतिशतले अमेरिकी डलरमा ७.७ प्रतिशतले घटेको छ । शोधानान्तर स्थिति ७६ अर्ब १३ करोड घाटामा रहेको देखिएको छ । दुई महिनाको अवस्थामा यो ८३ अर्ब ४१ करोड घाटा देखिएको थियो । संघीय सरकार खर्च र असुलीमा वृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस !