७ बैशाख २०८१, शुक्रबार

चीन ओलम्पिकबारे बाइडेनपछि पत्रकार रणभूल्लमा

प्रकाशित मिति :  17 November, 2021 3:17 pm


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन ओलम्पिकबारे दिएको जवाफबाट पत्रकारहरू गोलचक्करमा फसेका छन् । अमेरिकाको प्रतिनिधिमण्डलले चीनमा हुन गइरहेको ओलम्पिकमा भाग लिने हो होइन भन्ने विषयमा पत्रकारहरूले सोधेको जवाफ दिँदा बाइडेनले उनीहरूलाई झन् दुविधामा पारिदिए।

फेब्रुअरीमा बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिक खेलमा अमेरिकाले औपचारिक प्रतिनिधित्व गर्ने हो भनी सोधिएको जवाफमा बाइडेनल भने “म प्रतिनिधिमण्डल हुँ (आई एम द डेलिगेसन) ।” ह्वाइट हाउसमा जम्मा भएका पत्रकारहरूलाई यो भनी झन् दुविधामा पारेर राष्ट्रपति बाइडेन हिँडिदिए । आईएम द डेलिगेसनबारे थप केही नखुलाएकाले पत्रकारहरू दुविधामा हुन् ।

केही पत्रकारहरूका अनुसार राष्ट्रपतिले प्रश्न नै बुझेनन् । वासिंटन पोस्टका एक स्तम्भकारले हालै सन् २०२० मा बेइजिङमा आयोजना हुने शीतकालीन ओलम्पिकमा अमेरिकी प्रतिनिधिमण्डलले भाग नलिने दाबी गरेका छन्।

चिनियाँ सरकारबाट मानवअधिकार उल्लंघन गरेकोले अमेरिकी खेलाडीको टोली चीन ओलम्पिकमा भाग नलिने दाबी गरिएको छ । यो आलेख सोही दिन प्रकाशित भएको हो जुन दिन बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनिफिङसँग चार घन्टा लामो प्रत्यक्ष भर्चुअल भेटवार्ता गरे।

ह्वाइट हाउसले सीसँगको भेटवार्तामा उगुर, तिब्बत र हङकङमा भएको मानवअधिकारको विषयमा बाइडेनले सवाल उठाएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !