१८ बैशाख २०८१, मंगलबार

रोल्पामा पहिलो लगानी सम्मेलन हुँदै

प्रकाशित मिति :  20 February, 2020 10:44 am


काठमाडौ, ८ फागुन ।
रोल्पामा पहिलो लगानी सम्मेलनको तयारी गरिएको छ।रोल्पा नगरपालिकाले १४-१५ फागुनमा लिवाङमा लगानी सम्मेलन आयोजना गर्ने भएको हो।

सम्मेलनमा उद्योग, व्यापार पर्यटन तथा जलविद्युत्को क्षेत्रका व्यक्ति एवं विज्ञ सहभागी हुने छन्।

जलविद्युत्, पर्यटन, कृषि तथा उद्यमका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन गर्न लागिएको मेयर पूर्ण केसीले जानकारी दिए।

जिल्लामा लगानीको राम्रो सम्भावना रहेको बताउँदै केसीले सम्मेलनपश्चात् ऊर्जा, कृषि तथा पर्यटनको क्षेत्रमा प्रगति हुने विश्‍वास गरेका छन्।

जिल्ला समन्वय समिति तथा उद्योग वाणिज्य सङ्घ सम्मेलनको सहआयोजनक छन्। रासस



प्रतिक्रिया दिनुहोस !