२१ बैशाख २०८१, शुक्रबार

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते

प्रकाशित मिति :  21 November, 2021 8:27 am


दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् ।

उनीहरुको अवस्था मध्यम रहेको छ । आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस !