१७ बैशाख २०८१, सोमबार

साताकाे पहिलाे दिन सुन ७ सयले घट्याे

प्रकाशित मिति :  21 November, 2021 11:11 am


काठमाडाैं । नेपाली बजारमा साताको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आईतबार छापावाला सुनको मूल्य प्रतितोला ७ सयले घटेर तोलाको ९३ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य ९३ हजार २ सय रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको १२६० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !