१६ बैशाख २०८१, आइतबार

एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड

प्रकाशित मिति :  23 November, 2021 12:13 pm


काठमाडौं । एनसेल आजियाटा लिमिटेड अन्तर्राष्ट्रिय अवार्ड ‘विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१’ र ‘एसोसीओ अवार्ड २०२१’ बाट सम्मानित भएको छ ।

एनसेलले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दुरदराजका सेवाबाट वञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम सञ्चालन गरेको थियो ।

कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारेर यी दुई पुरस्कार सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तानतरण गरेका हुन्।

वल्र्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रि अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँघले नेपालको प्रतिनिधित्व गर्दछ ।

ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एनसेलले धुलिखेल अस्पतालसँगको सहकार्यमा कार्यक्रम शुरु गरेको थियो।

यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामिण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागु गरि सकिएको छ । यस कार्यक्रम अन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन् ।

कार्यक्रम धुलिखेल अस्पतालले ग्रामीण भेगमा चार वटा स्वास्थ्य केन्द्रहरु सञ्चालन गरिराखेको छ । सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा संचालन भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !