१८ बैशाख २०८१, मंगलबार

रोल्पा काँग्रेसमा आचार्य विजयी

प्रकाशित मिति :  24 November, 2021 3:00 pm


उमा केसी- 

रोल्पा । नेपाली काँग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन् । आचार्यले प्रतिस्पर्धी मानवहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

आचार्यले ५०२ मत प्राप्त गरेका छन् भने खत्रीले ४४० मत पाएका छन् ।  कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल विजयी भएको छ । 

कार्यसमितिको उपसभापितमा कविता उपाध्यायले ४७५ मत र हरिबहादुर पुनले ५०३ मत प्राप्त गरि विजयी भएका छन् । उपसभापतिको  प्रतिस्पर्धी अमृत घर्तीले ४३० मत र लेखमणी डाँगीले ४४२ मत प्राप्त गरेका छन् । 

यसैगरि सचिव पदमा तिलबहादुर वुढाथोकी ५१३ मत र शेरवहादुर थापाले ४४५ मत प्राप्त गरि विजयी भएका छन् । सचिवका प्रतिस्पर्धी दिपक श्रेष्ठ ४०८ मत र रेगवहादुर पुनले ३९७ मत प्राप्त गरेका थिए । 

सहसचिवमा गंजवहादुर क्षेत्री ५५३ मत र सुनिलकुमार वली ४७२ मत  प्राप्त गरि विजयी भएका छन । सहसचिवका प्रतिस्पर्धी लिलाधर आचार्य २६६ र हुकुम वुढाले ३८१ मत प्राप्त गरेका   थिए ।

कुल १ हजार ९३ मतदाता रहेको रोल्पा काँग्रेसको निर्वाचनमा १ हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यवहादुर वलीले जानकारी दिनुभयो  । 

निर्वाचनमा संस्थापन पक्षवाट मानवहादुर खत्री र संस्थापन ईतर   पक्षबाट किशोरकुमार आचार्यले सभापतिमा प्रतिस्पर्धा गरेका  थिए ।  

कार्यसमिति सदस्य  र महाधिवेशन प्रतिनिधिको मतगणना  चलिरहेको  छ । कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिमा  पनि संस्थापन  ईतर  समूह अगाडी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !