२० बैशाख २०८१, बिहिबार

थप उपचारका लागि माओवादी नेता पुनलाई चीन लगियो

प्रकाशित मिति :  26 November, 2021 12:38 pm


काठमाडौं। नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनको थप स्वास्थ्योपचारका लागि थाइल्याण्डबाट आज चीन लगिएको छ ।

माओवादीका केन्द्रीय सदस्य एवं नेता पुनका स्वकीय सचिवसमेत रहेका दुर्गा चापागाईंका अनुसार थर्ड पिपल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

विगत डेढ महिनादेखि नेता पुनको थाइल्याण्डस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको थियो । जटिल प्रकारको जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चिकित्सको सुझावका आधारमा चीनको सेनजेन पठाइएको हो ।

नेता पुनसँगै उनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला पनि बैंककबाट चीनको सेनजेन गएका छन् । नेता पुनको आजैदेखि स्वास्थ्य उपचार हुनेछ । जण्डिसले पिरोलेपछि नेता पुनलाई गत असोज १३ गते बैंकको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो ।

नेता पुनको थप उपचारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक पहल गरेका हुन्। रासस



प्रतिक्रिया दिनुहोस !