१५ बैशाख २०८१, शनिबार

देशको अर्थतन्त्रमा सुधार हुँदै गएको प्रधानमन्त्री देउवाको भनाइ

प्रकाशित मिति :  26 November, 2021 2:51 pm


काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९बाट बिथोलिएको अर्थतन्त्रमा सुधार भइरहेको बताएका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मर्मअनुसार महाधिवेशन गरेकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ तथा शुभकामना दिँदै यस्तो बताएका हुन् ।

चितवनमा आयोजित एमालेको दशौं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता , कानुनी राज्यको अवधारणाप्रति आफ्नो पार्टी नेपाली कांग्रेस प्रतिबद्ध भएको उनले जनाए ।

कोभिड–१९को प्रभावबाट मुलुक बाहिर भइरहेको जनाउँदै प्रधानमन्त्री देउवाले देशको आर्थिक स्थितिमा पनि सुधार आउँदै गएको बताए ।

लोकतन्त्रको आन्दोलनमा एमालेका नेताहरूसँग आफूहरू जेल जीवन बिताएको देउवाले स्मरण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !