१८ बैशाख २०८१, मंगलबार

देश भित्र र बाहिरका लगानीकर्ताहरूलाई लगानी गर्न एमाले अध्यक्ष ओलीको आह्वान

प्रकाशित मिति :  26 November, 2021 4:10 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्र र बाहिरका लगानीकर्ताहरूलाई लगानी गर्न आह्वान गरेका छन्।

नेपालमा लगानीको वातावरण राम्रो भएकाले देश भित्र र बाहिरका लगानीकर्तालाई लगानी गर्न एमाले अध्यक्ष ओलीले आह्वान गरेका हुन्।

चितवनको नारायणी नदीको किनारमा एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रको समापन सम्बोधन गर्दै ओलीले महाधिवेशन सकिएपछि पार्टीमा प्रवेश गर्ने लहर चल्ने दाबी गरे।

उनले दश हजार बहिर्गमित लडाकुहरूको प्रवेश महाधिवेशन पछि हुने जनाउदै उनले एमाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने विश्वास व्यक्त गरे ।

अधिकांश समय आफ्नो सरकारले यो गरेको त्यो गरेको भनी माओवादी केन्द्रको नेता प्रचण्डले बहर्गमित लडाकुहरूका लागि केही नगरेको आफूले गरेको र महाधिवेशनपछि उनीहरूका लागि व्यवस्था गर्ने ओलीले बताए ।

विश्वमा अन्यले हँसिया हथौडा छोडिसकेको यहाँका लागि किन छोड्न मन नलागेको प्रश्न तेस्र्याउँदै ओलीले सूर्य चिन्ह सबैका लागि अटाउन सकिने भएको बताए । ओलीले गायत्री मन्त्रको संस्कृत श्लोक भनी सूर्य सबैका लागि भएको भनेर एमालेको झण्डामुनि सबै दलका नेता तथा कार्यकर्तालाई गोलबन्द हुन आह्वान गरेका थिए ।

देश विदेशका विभिन्न पार्टीका प्रतिनिधिहरूले दशौं महाधिवेशनका लागि पठाएका शुभकामना प्रति ओलीले अभार व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !