२५ बैशाख २०८१, मंगलबार

नेता पुनलाई थप उपचारका लागि बैंककबाट चीन लगियो 

प्रकाशित मिति :  26 November, 2021 4:55 pm


काठमाडाैं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थ तथा उर्जा मन्त्री वर्षमान पुनलाई  उपचारका लागि चीन लगिएकाे छ । 

डेढ महिना बैंककमा उपचार गराएका पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको हाे । 

जटिल प्रकृतिको जण्डिसकाे उपचार गराइरहेका छन् । नेपालबाट बैंकक लैजाँदा जण्डिस (बिलरुविन) को तह १८ रहेकोमा उपचारका क्रममा बढेर अहिले २२ पुगेको देखिएको छ । 

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला बैंककबाट चीनको सेनजेन पुगेका हुन् । 

​समितिभेज अस्पतालमा उपचार गरिरहेका चिकित्सकहरुले उल्लेख्य सुधार नदेखिएकाले उपचारका लागि सेनजेन लैजान सुझाव दिएका थिए । 

 



प्रतिक्रिया दिनुहोस !