६ जेष्ठ २०८१, आइतबार

औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न परिसंघको आग्रह

प्रकाशित मिति :  26 November, 2021 6:07 pm


काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक कच्चा पदार्थ तथा मेसिनरीहरूको आयातका लागि छुट्टै व्यवस्था गर्न आग्रह गरेको छ ।

आगामी असार मसान्तभित्र कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्ने कार्ययोजना तयार गरी राष्ट्र बैंकलाई बुझाउन लागेको बताउँदै परिसंघले यस्तो व्यवस्था गर्न आग्रह गरेको हो ।

कार्ययोजनाबााबबट बैंकहरूलाई तरलता व्यवस्थापनमा केही राहत हुने परिसंघको धारणा रहेको छ ।

मौद्रिक नीति समीक्षामा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरूले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था उल्लेख छ ।

यसले उल्लेखित क्षेत्रमा नेपाली कम्पनीहरूलाई विदेशबाट संस्थागत ऋण लिन सहज हुने परिसंघको बुझाइ रहेको जनाइएको छ ।

विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गर्ने नीति रहेकोले गैर आवासीय नेपालीहरूलाई विदेशी मुद्रामा बैंक खाता खोल्न दिने विषय सकारात्मक रहेको परिसंघको बुझाइ रहेको छ ।

चालु आर्थिक वर्षमा आयातको दर अधिक रहेको र अपेक्षित विप्रेषण बढ्न नसकेकोमा वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको छ ।

राष्ट्र बैंकले यस मौद्रिक नीतिमार्फत चाँदीको आयातमा समेत कडाइ गरेको छ ।

राष्ट्र बैंकले समीक्षामार्फत भारतबाट परिवत्र्य विदेशी मुद्रामा आयात गर्न पाउने गरी १५ वस्तु थप गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !