२५ बैशाख २०८१, मंगलबार

ओमिक्रोन भेरिएन्ट प्रभाव: अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

प्रकाशित मिति :  28 November, 2021 7:02 pm


काठमाडौं । नेपालले अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने भएको छ । कूटनीतिक, आपतकालीन र अफिसियल कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाइएको हो ।

अफ्रिकी मुलुकहरुमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन को जोखिमलाई मध्येनजर गर्दै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्म प्रवेश गर्न नदिने र अफ्रिकी देश हुँदै यात्रा गरेका अन्य देशका नागरिकलाई समेत कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा मात्रै आवश्यक निर्णय लिइने गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई अफ्रिकी देशका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउने निर्देशन दिइसकेको गृह प्रवक्ता फणीन्द्रमणि पोखरेले जानकारी दिए ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन का संक्रमित दक्षिण अफ्रिकी मुलुकसँगै युरोप र एसियन देशहरुमा पनि भेटिन थालेपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि हवाई यात्रा प्रतिबन्ध लगाउने सँगसँगै अन्य कडा निर्णयहरु लिन थालेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !