१२ बैशाख २०८१, बुधबार

रासायनिक मलको दिर्घकालीन समाधान नेपालमै मल उद्योग खोल्नु हो: कृषिमन्त्री यादव

प्रकाशित मिति :  1 December, 2021 3:45 pm


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले हरेक वर्ष हाहाकार हुने रासायनिक मलको दिर्घकालीन समाधान नेपालले आफ्नै रासायनिक मल उद्योग खोल्नु रहेको बताएका छन् ।

नेपाल कृषि पत्रकार महासङ्घले आयोजना गरेको ‘रासायनिक मलको सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, “दिर्घकालीन रुपमा यसको हल नै नेपालमै मल कारखाना स्थापना हुनु हो ।”

अहिले नेपालमा प्रयाप्त मात्रामा विद्युतको उपलब्धता भएकाले रासायनिक मल कारखाना खोल्न परिस्थिति निर्माण भएको उनले बताए ।

“हामीले माग अनुसारको मल आयात गर्न नसक्दा वर्षाै देखि यो समस्या हल हुन सकेको छैन् कृषिलाई तत्कालिन तथा दीर्घकालिन गरि दुई तरिकाले योजना बनाएर अघि बढ्नुपर्छ,” यादवले भने, “सातवटै प्रदेशका तत्काल मलखाद गोदान बनाउन सकेनौँ भने अहिलेको क्षमताले भ्याउदैन ।”

मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले अन्तर्राष्ट्रिय स्तरमा इन्धनमा लगातार मूल्यवृद्धि भइरहेको जनाउँदै रासायनिक मलको मूल्य सन् २०२२ को मध्येसम्म झनै बढ्ने देखिएको बताए । “मल खरिद प्रकृया सुरु गरेपछि नेपाल ल्याउन लाग्ने समयसीमा घटाउने नीतिगत सुधारमा मन्त्रालयले गृहकार्य गरिरहेका छ,” सचिव शर्माले भने ।

मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद मिश्रलेकिसान सूचीकरणको कार्य सबै मिलेस सक्नुपर्ने बताए । किसानको डाटा मन्त्रालयसम्म पुर्‍याउने हो भने मल वितरण अभियान चुस्त बनाउने सकिने तर्क गरे । सरकार र किसान डाइरेक्ट जोडिदा भइपरी आउने समस्या समाधान गर्न सहज हुने बताए ।

मल आयातकर्ता तथा मुक्तिनाथ कृषि कम्पनीका भरत ढकालले कम्तीमा पनि एक वर्षका लागि रासायनिक मल भण्डारण गर्ने स्थानको व्यवस्थापन गर्न सके बाली लगाउने समयमा हाहाकारको शिकार हुन नपर्ने बताए। सरकार र कृषि मन्त्रालयले तथा कृषि सामाग्री कम्पनीले निजी आयातकर्ताहरुसंग समन्वयको भूमिका खेल्दै आयातमा सहजीकरण गरिदिनुपर्ने माग राखे।

कार्यक्रममा राष्ट्रिय कृषक समूहका महासङ्घका सचिव रामहरि शर्माले ,साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका विभागीय प्रमुख पङ्कज जोशी, कृषि सामाग्री कम्पनी प्रबन्ध सञ्चालक नेत्र भण्डारीले लगायतले आफ्नो भनाई राखेका थिए ।



प्रतिक्रिया दिनुहोस !