२० बैशाख २०८१, बिहिबार

केराको समर्थन मूल्य तोक्न कृषक समूह महासंघको माग

प्रकाशित मिति :  7 December, 2021 4:59 pm


काठमाडौं । नगदेबालीका रुपमा सम्भावना बोकेको व्यवसायिक केरा खेतीलाई प्रोत्साहन गर्न राष्ट्रिय कृषक महासंघले माग गरेको छ।

मंगलबार केरा महासंघ नेपालले आयोजना गरेको केरा व्यवसायको सम्भावना, अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले  केरा खेती गर्ने किसानकाे समस्यामा सरकारकाे ध्यान नपुगेको आरोप लगाए।

सरकारले केराको लागत मूल्य नै तोक्नुपर्ने समयमा हालसम्म पनि समर्थन मूल्य समेत नतोकिनुले केरा उत्पादन गर्ने वास्तविक किसान थप मर्कामा परेको उनले बताए । नेपालमा २८ जिल्लामा व्यवसायीक केरा खेती विस्तार भएकाे छ।

“अर्थतन्त्र चलायमान बनाउने ठूला चक्लाबन्दीमा केरा खेती गर्ने किसानसमक्ष राज्यको ध्यान पुगेको छैन् साना किसान त झन मर्कामा परको छन्,” अध्यक्ष बस्नेतले भने, “राज्यले हाम्रो उत्पादन नै चिन्न सकेको छैन।”

व्यवसायीक खेती गर्छौ भन्दा चाहेको समयमा रोप्न नपाइने,  छर्न मल नपाइने, बीमा गर्न बीमा कम्पनी नमान्ने, सिचाईको प्रयाप्त सुविधा नहुनु जस्ता समस्याले  व्यवसायीक खेती गर्नै चुनाैति व्यवहाेर्नु परेकाे उनले बताए।

विदेशबाट नाकाबाट नेपाल भित्रिने कन्टेनर नाङ्गो आँखाले हेरेकै भरमा त्यसको स्वच्छता र शुद्धता थाहा नहुने भएकाले अखाद्य वस्तु भित्रिन नदिन नाकामा कडाइका साथ जाँच गर्नुपर्ने उनको माग छ।

सरकारले विदेशबाट आयात गर्ने भन्दा देशका किसानलाई सहयोग गरेर कसरी उत्पादन बढाउन सकिन्छ त्यसमा ध्यान दिनुपर्ने बस्नेतले बताए।



प्रतिक्रिया दिनुहोस !