२० बैशाख २०८१, बिहिबार

अमेरिकामा आएको शक्तिशाली आँधीमापरि मृत्यु हुनेको संख्या एक सय नाघ्यो

प्रकाशित मिति :  12 December, 2021 11:01 am


काठमाडौं । अमेरिकाको केन्टकी राज्यसहित ६ वटा राज्यमा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ । आँधीबाट प्रभावितमध्ये दर्जनौंको उद्धार गरिएको जनाइएको छ । मृत्यु हुनेमा मैनवत्ती कारखानमा काम गर्ने दर्जनबढी रहेको बीबीसीले बताएको छ।

आँधीबेहरीबाट सबैभन्दा प्रभावित मेफिल्ड सिटीमा आज बेलुका ७ बजेदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । आपतकालिन सहायताकर्मीहरुबाहेक अरुलाई बेलुका ७ बजेदेखि बाहिर ननिस्कन भनिएको छ ।

राष्ट्रपति जो बाइडेनले केन्टकीमा संघीय संकटकाल स्वीकृत गरेका छन् । यस अगाडि केन्टकीका गभर्नरले राज्य संकटकालको घोषणा गरेका थिए । राज्य संकटकाल घोषणापछि गभर्नरले संघीय संकटकाल घोषणाका लागि ह्वाइट हाउस समक्ष अनुरोध गरेका थिए ।

आँधीबेहरीबाट शनिबार विहानसम्म ३ लाख घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको जानकारी दिइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडनले अमेरिकाको मध्य क्षेत्रमा आएको भीषण आँधीबाट पीडित नागरिकको सहयोगकोमा हरसम्भव प्रयास गर्ने बताए।

वाइडेनले नराम्रोसँग प्रभावित उक्त क्षेत्रका लागि कोष जारी गर्दै आपतकालीन घोषणामा हस्तार गरेका छन्।



प्रतिक्रिया दिनुहोस !