२० बैशाख २०८१, बिहिबार

बाल कल्याण नमुना माविमा तीनदिनदेखि तालाबन्दी, विद्यालयद्वारा आरोपको खण्डन

प्रकाशित मिति :  14 December, 2021 6:28 pm


उमा केसी –

राेल्पा। रोल्पाको बाल कल्याण नमूना माध्यमिक विद्यालयमा गरिएको तालाबन्दी तेस्रो दिनपछि खुलेको छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) ले विभिन्न माग राखेर तालाबन्दी गरेको हो । 

विद्यालयका प्रधानाध्यापकको कक्ष, प्रशासन र लेखाशाखामा आइतबार तालाबन्दी गरिएको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै विद्यालयले विद्यार्थी संगठनले राखेको माग र आरोप निराधार भएको भन्दै खण्डन गरेको छ । 

संगठनले विभिन्न आठ बुँदामा विद्यालयमाथि नीति विपरित गएको आरोपसहित विज्ञप्ति जारी गर्दै तालाबन्दी गरेको थियो । विद्यालयले पत्रकार सम्मेलन गरी ८ बुँदामा आफूमाथि गलत आरोप लगाइएको भन्दै खण्डन गरेको हो ।  

शिक्षा ऐन नियमावलीले माध्यमिक तहसम्म निशुल्क भनिए पनि विद्यालयले कक्षा १० का विद्यार्थीबाट २ हजार ५०० भर्ना शुल्क लिएको भन्ने संगठनको आरोप रहेकोमा विद्यालयले भर्ना शुल्क नलिएको दाबी गरेको छ । विद्यालय सञ्चालनमा आर्थिक स्रोतको अभाव रहेकाले केही समयअघि मात्र अभिभावक आफैले सहयोग गर्ने मन्जुरी दिए अनुुसार मात्र सहयोग लिइएको विद्यालयले प्रष्ट्याएको छ । 

संगठनले अंग्रेजी र नेपाली दुबै भाषामा किन पढाएको भन्दै प्रश्न गरेको छ ।  “हाम्रो  विद्यालयले कक्षा ५  सम्म अनिवार्य अंग्रेजी भाषामा  पठपाठन   गर्दै आएको छ । लिडर विद्यालय भएका कारण कक्षा ६ देखी ९ सम्म अन्य विद्यालयमा अध्ययन गरेकाहरु पनि यस विद्यालयमा अध्ययन गर्न आउने गरेका छन्,” सो बुँदाको खण्डन गर्दै विद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीहरुले अंग्रेजी माध्यममा पढ्न  सक्ने भए अंग्रेजी माध्यमबाट प्राथमिकता तथा नसक्नेहरुलाई समेत  पढाईमा बञ्चित गर्न  हुदैन भन्ने मान्यता अनुरुप नेपाली माध्यमबाट समेत पठनपाठन  गर्दै आएका छौ ।” 

संठनले बिद्यालयमा कार्यरत सरकारी वा नीजी श्रोतका शिक्षकको रुपमा गरिने विभेदको अन्त्य गर्न भनेकोमा विद्यालयले शिक्षकको पेशागत सुरक्षाको लापिग आन्तरिक स्थायी, संचयकोष तथा विमाको व्यवस्थाको थालनी गरिसकिएको जनाएको छ । 

एसईई उत्तीर्ण पश्चात लिईने लव्धांक पत्रको शुल्क लिएको भन्ने आरोप गलत रहेको तर स्थानान्तरणका लागि एसईइ उत्तिर्ण पश्चात स्थानान्तरण प्रमाण पत्र मार्फत् २ हजार ५ र मुलप्रमाण पत्र वापत राजश्वमा जम्मा गर्ने गरी  २५० रुपैया लिएको विद्यालयको स्पष्टोक्ती छ । 

विद्यालयले अन्य विषयमा पनि बुँदागत रुपमा खण्डन गरेको छ । विना कुनै जानकारी र वार्ताको माध्यमबाट समस्या समाधान गर्ने अवस्था हुँदा हुँदै पनि एक्कासी गरिएको तालबान्दी गलत भएको भन्दै विद्यालयले आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको छ । तीन वटा विभागमा तालाबन्दी भए पनि पठनपाठन भने जारी छ। 

यस्तो छ विद्यालयको विज्ञप्तिः

 



प्रतिक्रिया दिनुहोस !