२३ बैशाख २०८१, आइतबार

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

प्रकाशित मिति :  16 December, 2021 7:01 am


काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

काठमाडौंमा जारी कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो ।

खड्काले २१२१ र गुरूङले १९०८ मत ल्याएर विजयी भएका छन् । खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला समूहका नेता हुन् ।

विजय गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्य ५८९ र दिव्यश्वरी शाहले १३२ मत ल्याए । गच्छदार गुरुङसँग २ मतले पराजित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !