६ जेष्ठ २०८१, आइतबार

राष्ट्रसंघमा चीनको सिकायतपछि अर्बपति एलन मस्क आलोचना खेप्दै

प्रकाशित मिति :  28 December, 2021 6:14 pm


काठमाडौ । चीनले अर्बपति एलन मस्कको स्टारलिङ्क इन्टरनेट सर्भिसद्वारा प्रक्षेपित भूउपग्रहहरूका कारण आफ्नो अन्तरिक्ष स्टेसन ठोक्किनबाट जोगिनु परेको सिकायत राष्ट्रसंघमा गरेपछि उनको सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेको छ ।

बेइजिङल स्टारलिङ्कका स्याटेलाइटहरू यो वर्ष आफ्नो स्पेस स्टेसन दुई पटक ठोक्किन पुगेको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघको अन्तरिक्ष नियोगमा दर्ता गरिएको सिकायतको स्वतन्त्र जाँचबाट दाबी पुष्टि हुन बाँकी रहेको बीबीसीले जनाएको छ ।
स्टारलिङ्क एक भूउपग्रह इन्टरनेट नेटवर्क हो । यसलाई अर्बपति मस्कको स्पेस एक्सले सञ्चालन गर्छ ।

मस्क चीनमा राम्ररी परिचित व्यक्ति हुन् । उनको विद्युतीय कार निर्माण कम्पनी टेस्ला अहिले नियामक निकायको नजरमा परेको छ ।
संयुक्त राष्ट्रसंघको बाह्य अन्तरिक्ष मामिलासम्बन्धी कार्यालयमा यो महिना बुझाइएको दस्तावेजमा उल्लेख भए अनुसार अन्तरिक्षमा यो घटना १ जुलाई र २१ अक्टोबरमा भएको हो ।

राष्ट्रसंघीय नियोगको वेबसाइटमा प्रकाशित दस्तावेजमा बेइजिङले भनेको छ “ सुरक्षाका कारण, चीनको अन्तरिक्ष स्टेसनले ठोक्किनबाट जोगिने नियन्त्रण विधि कार्यान्वयनमा ल्याइयो ।”

यसबारे स्पेसएक्सलाई सोधेको प्रश्नको जवाफमा तत्काल कुनै प्रतिक्रिया उपलब्ध नगराएको समाचारमा उल्लेख गरिएको छ ।

चीनको सिकायत सार्वजनिक भएपछि चीनको ट्वीटरको रूपमा परिचित वेइबोमा मस्क, स्टारलिङ्क र अमेरिकाको आलोचना भइरहेको छ ।

चीन विरूद्ध अमेरिका र उसको सेनाले मस्क एक नयाँ हतियार निर्माण गरेको छ , स्टारलिङ्कका जोखिमहरू विस्तार देखिँदैछ यसको भुक्तान समग्र मानव जातिलाई गर्नुपर्ने छजस्ता ट्वीट वेइबोमा गरिएको छ ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजिआनले चीनले अमेरिकालाई जिम्मेवार भएर काम गर्न आग्रह गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !