२३ बैशाख २०८१, आइतबार

शेयर बजारमा बढ्ने क्रम जारी,आज ४ अर्बको कारोबार

प्रकाशित मिति :  26 February, 2020 3:30 pm


काठमाण्डाै, १४ फागुन । 

शेयर बजारमा आज बुधबार अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ ।आज काराेबार बन्द हुँदासम्म ४ अर्ब १५ कराेड, ४८ लाख, ८३ हजार ९२ रुपैयाँकाे काराेबार भएकाे हाे ।

यसअघि गएकाे आइतबार ३ अर्ब ६० कराेड, ८५ लाख, २६ हजार ३ सय ५४ रुपैयाँकाे काराेबार हुँदा सबैभन्दा धेरै रकमकाे काराेबारकाे कीर्तिमान बनेकाे थियाे ।

त्यसअघि फागुन ८ गते बिहीबार एकैदिन २ अर्ब ७८ कराेड रुपैयाँकाे काराेबार भएकाे थियाे जुन त्यस बेलासम्मकाे उच्च काराेबार थियाे ।आज दिनभर ९९ लाख ६ हजार ९ सय ८९ कित्ता शेयर किनबेच भएका छन् ।

नेप्से परिसूचक पनि आज अस्वभाविक बढेको छ । परिसूचक झण्डै ५१ अंकले बढेर १५ सय ९६ दशमलव १३ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

नेप्से परिसूचक आज ३ दशमलव ३ प्रतिशतले बढ्दा ‘क’ वर्गका कम्पनी कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९१ प्रतिशतले बढेको छ ।



प्रतिक्रिया दिनुहोस !