१९ मंसिर २०८२, शुक्रबार

आजकाे माैसम पूर्वानुमान

प्रकाशित मिति :  2 January, 2022 7:50 am


मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रहेको छ । पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बिहानदेखि बाक्लो हुस्सु/कुहिरो लागेको छ।

आइतबार देशभर आंशिक बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार पनि देशभर आंशिक बदलीको रहने छ। मंगलबार सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !