४ जेष्ठ २०८१, शुक्रबार

कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीसहित १२ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

प्रकाशित मिति :  2 January, 2022 4:56 pm


काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जना विरुद्व भ्रष्टाचारको मुद्वा दायर भएको छ ।

१ अर्ब ५३ लाख २२ हजार ४ सय ६ रुपैयाँ ७२ पैसा बिगो कायम गरी भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । कम्पनीका  प्रबन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप-प्रबन्धक पुष्कर दिप बुढा विरुद्व पनि मुद्दा दायर भएको छ ।

मल आयात गर्दा नेपाल सरकारले तोकेको गुणस्तरमा नरहेको, कम गुणस्तरको मल खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै कृषि सामाग्री कम्पनी र निजी ल्याब सञ्चालक तथा मल आपूर्तिकर्ता विरुद्व अख्तियारले मुद्दा दायर गरेको हो ।

मलको गलत प्रतिवेदन तयार गर्ने गराउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिसका प्रबन्ध निर्देशक सलिल देवकोटा, सोही ल्याबका निर्देशक सुनिलबाबु खत्री तथा सिनियर सर्भेयर महेन्द्र कुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी विरुद्व पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

ठेक्का सम्झौता बमोजिमको शर्त उल्लंघन गरेको भन्दै जोशी बिज हाउसका कार्यकारी निर्देशक विनित जोशी विरुद्व पनि मुद्दा दायर भएको छ ।



प्रतिक्रिया दिनुहोस !