डिजेल र पेट्रोलमा अब प्रतिलिटर दश रुपैयाँ पूर्वाधार विकास कर लिइने
प्रकाशित मिति : 27 February, 2020 6:13 pm
![](https://i0.wp.com/www.lumbinisanchar.com/wp-content/uploads/2020/02/F8797D00-C68A-4AE3-BC76-CED9907C12B1.jpeg?fit=600%2C337&ssl=1)
काठमाण्डौ, १५ फागुन ।
सरकारले डिजेल र पेट्राेलमा लिईँदै आएकाे विकास बजेट करको दर बढाएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ विकास बजेट कर बढाएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारीमा रहनुभएका सरकारका प्रवक्ता, अर्थमन्त्री युवराज खतिवडाले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएको जानकारी दिनुभयो ।
फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १० रुपैयाँ पुर्याउने निर्णय गरेको हो । उहाँका अनुसार अब पेट्रोल, डिजेल र हवाइ इन्धनमा १० रुपैयाँ कर लिइनेछ । यसअघि डिजेल र पेट्रोलमा ५ रुपैयाँ विकास कर लिइँदै आएको थियो ।