१२ श्रावण २०८१, शनिबार

नेप्सेमा करेक्सन, ४० अंक घट्दा करिब ५ अर्बको कारोबार

प्रकाशित मिति :  1 March, 2020 5:42 pm


काठमाडौ, १८ फागुन । 

सेयर बजारमा आइतबार करेक्सन देखिएको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का अनुसार सेयर बजार परिसूचक ४० दशलमब ८२ अंकले घटेको हो ।

यसदिन नेप्से घटेर १५ सय ९१ दशमलब ३६ अंकमा पुगेको छ । नेप्से बढेको दिन बजारमा करिब ५ अर्ब रुपैयाँको कारोबार भएको छ । यस दिन नेप्सेमा कारोबार रकमको फेरि नयाँ कीर्तिमान कायम भएको हो ।

दिनभर ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५ सय ५ रुपैयाँको सेयर किनबेच भएको छ । यसक्रममा १ सय ८३ कम्पनीका १ करोड २५ लाख कित्ता सेयर किनबेच भएका छन् ।

नेप्सेमा कारोबार रकमले कीर्तिमान कायम गर्दा एनएमबी बैंकको सर्वाधिक २६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।त्यस्तै ग्लोबलआईएमई बैंकको २५ लाखभन्दा बढीको सेयर कारोबार भयो ।

नेप्से बढेको दिन कारोबारमा आएका समूहतर्फ वित्तियबाहेक सबै समूहको उपसूचक घटे । घट्नेमा उत्पादनमुलक समूह सर्वाधिक १ सय ६९ दशमलब १२ अंकले घटेको छ ।

यसदिन मितेरी विकास बैंकको सेयर मूल्य ९.९ प्रतिशतले बढेको छ । घट्नेमा बोटलर्स नेपालको सेयर मूल्य सर्वाधिक ९ दशमलब ९९ प्रतिशतले घटेको छ ।



प्रतिक्रिया दिनुहोस !